काठमाडौं । नेपाल लाइफ इन्स्यारेन्स कम्पनीले मनपरी गरेको पुष्टि भएको छ । बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिले नै नेपाल लाइफ इन्स्योरेन्समा मनपरी बढेको बताएको हो । मनपरीले हद नाघे पछि नियामक निकाय बिमा समितिले नेपाल लाइफमाथि नियामकीय डण्डा चलाएको छ ।
योग्यता नपुगेको व्यक्तिलाई सहायक महाप्रवन्धक नियुक्त गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्ट कम्पनीलाई जरिवाना भएको छ । बीमा समितिबाट जारी निर्देशिका विपरित अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्दै बीमा समितिले नेपाल लाइफ इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्सले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको देखिएको छ ।
अयोग्य व्यक्तिलाई नियुक्त गरिएको भन्दै उजुरीका आधारमा अध्ययन गर्दा समितिले जारी गरेको निर्देशिका उल्लंघन गरेकाले जरिवाना गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिएका छन् ।
छुटाउनु भयो की ?
फलोअप : नेपाल लाइफलाई बीमा समितिले चलाउँला त नियामकीय डण्डा ?
नेपाल लाइफमा बढ्यो असन्तुष्टि, कर्मचारी भन्छन् – जुनसुकै बेला मुख खोल्छौँ
कहीँ नभएको जात्रा नेपाल लाइफमा : कामु सीईओको वरियता २ नम्बरमा





















प्रतिक्रिया