Logo

समाचार

सुदूरपश्चिममा कोरोना संक्रमित महिलाको मृत्यु



काठमाण्डौं । सुदूरपश्चिको कैलालीमा एक महिलाको कोभिडका कारण ज्यान गएको छ ।

मृतु हुनेमा गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार उनको सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई शनिबारदेखि धनगढीस्थित सेती अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार १०:२३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।