Logo

मैले केही गल्ती गरेको छु भने म त्यसको जिम्मेवारी लिन्छु – मेस्सी



बार्सिलोनाका सुपरस्टार लियोनेल मेस्सीले क्बलसँग भएको ट्रान्सफर विवादलाई पछि छाड्दै समर्थकहरुलाई क्लबलाई कुनै क्षति पु¥याउन नचाहेको आश्वस्त पार्न खोजेका छन् ।

गत महिना अर्जेन्टिनी खेलाडीले बार्सिलोनालाई आफ्नो करारमा रहेको ‘फ्रि–ट्रान्सफर’को बुँदालाई प्रयोग गर्दै क्लब छाडेर जान चाहेको जानकारी दिएका थिए । तर, क्लबले उक्त करार गत जुनमा नै सकिएको बताउँदै उनको आग्रहलाई क्बलले अस्वीकार गरेको थियो ।

अन्ततः बार्सिलोनाको उक्त निर्णयविरुद्ध अदालत जानुको साटो मेस्सीले क्लब छाडेर जाने इच्छा त्याग्दै यो सिजन त्यहीँ रहने निर्णय गरेका थिए । आफ्नो करारको अन्तिम वर्षमा प्रवेश गर्दै गर्दा मेस्सीको भविष्य अझै अनिश्चित रहेको छ ।

स्पोर्टसँगको अन्तरवार्तामा भने मेस्सीले क्लबसँगको विवादका बीच उनले क्लबका समर्थकहरुलाई अपमान गर्न नचाहेको र आफूले जे गरे, त्यो क्लबको हितलाई नै केन्द्रमा राखेर गरेको स्पष्टिकरण दिएका छन् । ‘मैले केही गल्ती गरेको छु भने म त्यसको जिम्मेवारी लिन्छु । तर, म बार्सिलोनालाई थप सुदृढ र शक्तिशाली बनाउन चाहन्थे,’ उनले भने ।

‘म सबै समर्थकलाई एउटा सन्देश दिन चाहन्छु, यदी कुनै समयमा मैले भनेको वा गरेको कुराले क्रुद्ध हुनुहुन्छ भने त्यहाँ कुनै सन्देह नहोस्, मैले त्यो कुरा गर्दा सधैँ क्लबको हित मेरो दिमाग थियो,’ मेस्सीले भने । बार्सिलोनाले भिल्लेरियाललाई ४–० ले हराउँदै ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ ।

मेस्सीले पुराना कुरा बिर्सेर अब खेलमा ध्यान दिन चाहेको बताए । ‘म अब सबै कुरा यहीँ समाप्त गर्न चाहन्छु । अब हामी सबै एकताबद्ध भएर अघि बढ्नुपर्छ,’ ३३ वर्षीय खेलाडीले भने । बार्साले बिहीबार सेल्टाभिगोको सामना गर्दैछ ।

 

प्रकाशित मिति : आश्विन १४, २०७७ बुधबार  १ : ४६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।