Logo

कोशी प्रदेश

मध्य माघमा आएको हावाहुरीले नेपाल टेलीकमको टावर ढाल्यो



इलाम । मध्य माघमा वर्षासँगै आएको हावाहुरीले इलाममा नेपा टेलीकमको टावर ढालेको छ । जिल्लाको रोङ गाउँपालिका–४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर हावाहुरीले लडाएको हो।

मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर हावाहुरीले लडाउँदा स्थानीय सञ्चार सेवाबाट बञ्चित हुन परेको छ । घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको पत्रकार गणेश अर्यालले जानकारी दिए ।

हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ। रोङकै सिद्धदेवी विद्या मन्दिरको छानो हावाहुरीले उडाएको छ। वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिम पात भएको छ भने दक्षीण क्षेत्रमा हावाहुरीले क्षती गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १२:२७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।