Logo

समाचार

‘स्मार्ट लकडाउन’ एक हप्तापछि हट्ने



काठमाण्डौं। नेपाल सररकारे आउँदो फागुन १ गतेदेखि स्मार्ट लकडाउन हटाउने निर्णय गरेको छ ।

कोभिड १९ का कारण सरकारले देशव्यापी रुपमा स्मार्ट लकडाउन गरेको थियो । केही दिन अघिमात्र सार्वजनिक सवारीसाधनमा जोर विजो प्रणाली खारेज गरेको छ भने निजी सवारीसाधनमा अहिलेपनि जोर विजोर प्रणाली कायमै रहेको छ ।
सरकारले विभिन्न सभा, गोष्ठीमा विवाह तथा ब्रतबन्ध जस्ता कार्यक्रममा २५ जनाभन्दा बढि भेला हुन रोक लगाएको छ । रात्रिकालिन व्यवसायीहरुले त सरकारका प्रतिनिधिहरुलाई भेटेरै स्मार्ट लकडाउन हटाउन आग्रह गरेका थिए ।

पछिल्लो समय कोरोना संक्रमणको दर घटिरहेको र मुक्त हुनेको संख्या बढेकाले सरकारले स्मार्ट लकडाउन आगामी फागुन १ गतेदेखि हटाउने तयारी भएको सिसिएमसीका सदस्यसमेत रहेका राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

कोरोनाको जोखिम अहिले पनि कायमै रहेकोले स्वास्थ्यका आवश्यक मापदण्डको पालना गराएर सबै कुरा सुचारु गराउने श्रेष्ठले बताए।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १२:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।