Logo

अन्तर्वार्ता

प्रदेशलाई खारेज गरौँ, केन्द्र र स्थानीय तहलाई बलियो बनाऊँ : डम्बरबहादुर जि.सी. [अन्तर्वार्ता]

अध्यक्ष विनयी गाउँपालिका, नवलपुर



संघीयताको यो पहिलो अनुभवमा ७ सय ५३ वटा पालिका सरकारले आफ्नो कार्यकालमा भएका कामहरू जनताले निस्कर्ष निकालने बेला भएको छ । निर्वाचनमा उठ्दै गर्दा जनप्रतिनिधिहरूले प्रतिबद्धता गरेका कुराहरू पूरा भयो या भएन् त्यो नियाल्ने समय भएको छ ।

यो कार्यकालमा धेरै पालिकाहरूले सिंहदरबार गाउँमा पुर्याएको दाबी गरेका छन् । जनताले स्थानीय सरकार आएको महसुस नभएको बताएका छन् । पालिका सरकारहरू यो कार्यकालमा कस्ता काम गरे, कस्तो अनुभव बटुले, चुनौतीहरू कस्ता थिए । यस्तै विषयमा हामीले जनप्रतिनिधिहरूसँग अन्तरर्वार्ता गर्दै आएका छौँ । यसै सिलसिलामा नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष डम्बरबहादुर जि.सीसँग अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको सम्पादित अंश

विनयी गाउँपालिकामा कोरोना महामारीको नियन्त्रण कसरी गरिरहनुभएको छ ?

कोरोना महामारी फेरि बढ्दो रूपमा छ । हाम्रो पालिका बोर्डरमा पर्छ । बोर्डरमा डेक्स स्थापना गरिएको छ । क्वारेन्टाइन, आइसुलेसन, अस्पतालहरू पहिलेदेखि नै सकृय रूपमा छन् । एम्बुलेन्सहरू पनि तयारी अवस्थामा छन् । गाउँगाउँमा जनचेतना बृद्धिको काम पनि पालिकाले गरिनै रहेको छ । बोर्डर र गाउँमा पनि हामीले कोरोना परिक्षणलाई तीव्र बनाएका छौँ । अहिले गाउँपालिकामा १५ जना सकृय संक्रमितहरू उपचाररत रहेका छन् ।

गाउँपालिकामा विकासको प्रक्रिया कसरी अगाडि बढेको छ ?

हाम्रो गाउँपालिका पहाड, तराई र भित्रि मधेशमा पर्छ । हामी जनप्रतिनिधि भएर आएपछि यहाँ बाटो नभएको ठाउँहरूमा बाटो पुराएका छौँ । बाटो पुगिसकेको ठाउँमा पिचको गरेका छौँ । पालिकाको सबै वडाहरूमा हामीले सडक सञ्जाल जोडेका छौँ । त्यसैगरी खानेपानीका क्षेत्रमा पनि राम्रो विकास गरेका छौँ । सबै ठाउँमा राम्रो खानेपानीको पहँुच पुगेको छ । सिचाइँ नभएको ठाउँमा सिचाइँ पुर्याएका छौँ ।

पालिकामा भएको स्वास्थ्य चौकीहरूमा ओषधिको व्यवस्था राम्रो गरेका छौँ । स्वाथ्य चौकी टाडा पर्ने वडाहरू स्वास्थ्य इकाई गठन गरेका छौं । पालिकाबाट टाडा भएका बस्तिहरूमा सधैँ एम्बुलेन्सको व्यवस्था गरेका छौँ । हाम्रोमा ७ वटा वडा छ । सबै वडामा स्वास्थ्य चौकी छन् । सबै वडाको स्वास्थ्य चौकीबाट टाडा रहेका बस्तीहरूमा स्वास्थ्य इकाई गठन गरिएको छ । पालिकाका ३ वटा वडाहरूको कार्यलयभवन बनाएका छौँ । पालिकाले सबै विद्यालयहरूमा अनुदान शिक्षकको व्यवस्था गरिएको छ । विभिन्न विद्यालयहरूमा भौतीक निर्माणका कार्यहरू समपन्न गरिएको छ ।

जनतासँग प्रतिवद्धता गर्नुभएको तर तपाईँको यो कार्यकालमा गर्न नभ्यानुभएको काम के—के हो ?

त्यस्ता कामहरू छन् । हामीले जनप्रतिनिधिको रुपमा उठदै गर्दा जनतासँग घरबास नहुनेलाई घरको व्यवस्था गरिदिने बाचा गरेको थियो तर त्यो पुरा भएन् । सुकुमवासीलाई जग्गा दिने पनि भनेका हो । त्यो बजेट अभावले गर्दा पुरा गर्न सकिन् । केन्द्रको सरकार परिवर्तन हुनाले पनि हाम्रो पालिकाको विकाशमा बाधा पुगेको छ । हामीले बोलेका केही कुराहरू परिपूर्ति गरियो तर सबै पुरा भने भएको छैन् । विकाश निरन्तर चल्ने प्रक्रिया हो यो आउँदो दिनहरूमा पुरा हुने अपेक्षा लिएका छौँ ।

यो कार्यकालमा विनयी गाउँपालिकाले केन्द्र र प्रदेश सरकारबाट कस्तो साथ सहयोग पाउनुभयो ?

यो पुरै कार्यकालमा मलाई प्रदेश र केन्द्र दुबै सरकारले सहयोग गरेको छैन् । हामीले गाउँपालिको आन्तरीक स्रोत साधनले भ्याएको पुगेको जतिमात्र विकाश गरेका छौँ । हाम्रो मागलाई पनि सम्बोधन गरिएन् । प्रदेश र केन्द्र सरकारले पालिकामा कस्तो योजना आवश्यक छ भनेर पनि कहिलै चासो देखाएनन् । यसरी हामीले यो पाँच वर्षको कार्यकाल केन्द्र र प्रदेशले कुनै सहयोग नगरी नै बितेको छ ।

संघीयतामा अब नेपालले कसरी अगाडि जान पर्छ जस्तो लाग्छ तपाईँलाई ?

यो संघीयतामा प्रदेश सरकारको कुनै काम छैन् । यसलाई हटाउन पर्छ । प्रदेश सरकारले नै गर्दा संघीयता हाम्रो देशमा खर्चिलो भएको छ । सबै प्रदेशहरू खारेज गरेर केन्द्र र स्थानीय तहलाई बलियो बनाउन पर्छ । प्रदेश सरकारको कुनै आवश्यक छैन् । संघ र स्थानीय मात्रै भएरका काम गर्दा सजिलो हुन्छ । यो प्रदेशले गर्दा विकास गर्न नै झन्झटिलो भएको छ ।

हामीले नेपालमा संघीयताको नयाँ अभ्यास गरेको पहिलो कार्यकाल पुरा हुन लागेको छ । स्थानीय तहमा बसेर काम गर्दा यो कार्यकालमा कस्ता समस्याहरूको समाना गर्नुभयो ?

स्थानीय जनताको माग धेरै हुन्छन् । हामीले सबै पुरा गर्न सकेका छैनौँ । कर्मचारी अभावको सम्स्या पनि हामीले झेका छौँ । बोडरबाट पाँच नम्बर प्रदेश घुमेर आउन पर्ने बाधेता छ । हाम्रो पालिकाबाट बोटो खोलेमा धेरै छोटो हुन्थ्यो । त्यो काम गर्न पनि हामीले सकेनौ । लुम्बिनी प्रदेशले त्यहाँ बाटो खन्न दिएको छैन् ।

संघीयता लागु भएदेखि गाउँगाउँमा भ्रष्टचार मौलाएको भन्ने आएको छ । यस विषयमा के भन्नुहुन्छ ?

संघीयता लागु हुँदै गर्दा सबैले सिंह दरबारको अधिकार गाउँगाउँमा पुराउने भनियो तर त्यसको उल्टो भैदियो सबै अधिकार केन्द्र र प्रदेश सरकारमा छ । गाउँपालिकाको अधिकारहरू कटौती गरिएको छ । यसले गर्दा राम्रो काम गर्न बाधा भयो । भ्रष्टचारको कुरामा सबैमा भएका छैनन् । केही भएका होलान सत्यतथ्य पहिचान गरेर कारवाहीको दायरामा ल्याउन पर्छ ।

अब आउने जनप्रतिनिधिहरूलाई विनयी गाउँपालिकामा कसरी विकास गर्न सुझाव दिनुहुन्छ ?

म अब आउने जनप्रतिनिधिहरूलाई हामीले सुरूत गरेको विकासको जगमा रहेर र बनेका एन कानुनको आधारमा नयाँ कामहरू गर्दै जान आग्रह गर्छु । सबै जनताको समस्याको समाधान गर्न अनुरोध गर्दछु । अधुरा पुर्वधारका कामहरूलाई पुरा गरेमा जनताको पनि अपेक्षा पुरा हुनेछन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १७:४२   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।