काठमाडौं । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनको मिति तय गरेको छ । शुक्रबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशनको मिति फागुनको ७ देखी १२ सम्म तय गरेको हो ।
प्रदेश कमीटीले तय गरेको मिति अनुसार सर्लाहीको फागुन ७ र ८, धनुषाको ९ र १० र महोत्तरीको अधिवेशन फागुन ११ र १२ गते रहेको छ ।
कोरोनाको कारण देखाउँदै पूर्वनिर्धारित मितिमा अधिवेशन हुन सकेको थिएन । यी तीन जिल्लामा अधिवेशन भए पछि जिल्ला कमीटीले पुर्णता पाउने छ ।




















प्रतिक्रिया