झापा । झापाको मेचिनगर नगरपालिका १५ बाट लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ का २५ बर्षीय मो.सुल्तान र २७ बर्षीय रन्जित गणेश रहेका छन् ।
शनिबार दिनको ३ बजे प्रहरी चौकी ज्यामिरगढी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागुऔषध ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेकाने जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धुलाबारीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
यसैगरी दमक नगरपालिका १ डाँडागाउ एकता टोलका २६ बर्षीय प्रकाश सिटौलालाई पनि लागुऔषध सहित प्रहरीले पक्राउ गरेको छ ।
शनिबार ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट NITRAVET- ७५ ट्याब्लेट र ESKUF 100 ml को ७ बोतल फेला पारेको थियो ।
पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।




















प्रतिक्रिया