Logo

प्रदेश

पाँचथरको फिदिममा भएको आगलागीमा ३१ लाख बढीको क्षति



पाँचथरको सदरमुकाम फिदिममा आज विहान भएको आगलागीबाट ३१ लाख ३१ हजार रुपैयाँको नोक्सानी भएको प्रहरीले जनाएको छ । फिदिममा लखन मार्गमा रहेको दावा शेर्पाको घरमा आज बिहान ८ बजेदेखि आगलागी भएको थियो ।  

आगो फिदिम नगरपालिकाको २ वटा दमकल, स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए। विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान गरिएको छ । आगलागीमा काठको प्रयोग गरेर निर्माण गरिएको २ तले घर जलेको छ ।

आगलागीका कारण घरमा डेरा गरी बस्ने ६ परिवारका २२ जना विस्थापित भएका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए । 

प्रकाशित मिति : बैशाख २४, २०७८ शनिबार  २ : ३४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।