Logo

समाचार

१५ दिनभित्र पूर्ण बैठक आह्वान गरियोस् : नैनसिंह महर



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको विधानमा पदाधिकारी बैठकको कल्पना नभएको बताएका छन् । उनले बाहिर पदाधिकारी बैठकका समाचारको आइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउँदै विधानमै नभएको कुराको कल्पना गर्न नसकिने बताएका हुन् । ‘विधानको आशय भनेको आकस्मिक रुपमा कुनै निर्णय गर्नू परेमा कार्यसम्पादन समितिको बैठक बस्छ भन्ने हो । तर, हप्ता दिन अगाडी सूचना प्रकाशन गरेर कार्यसम्पादन समितिको बैठक बोलाइनुले सिंगो केन्द्रिय समितिको काम, कर्तव्य, गरिमा र अधिकारको नजरअन्दाज गरिएको अभास भइरहेको छ,’ उनले एक कार्यक्रममा भने। उनले आज बस्न लागेको कार्यसम्पादन सतितिको बैठक भातृ संस्थालगायत विषयमा विधानको भावनालाई अक्षरशः कार्यान्वयनतर्फ लैजाने र कांग्रेस केन्द्रिय समितिको पूर्ण बैठक १५ दिनभित्र बोलाउने निर्णय गर्न उनको माग छ । उनले पार्टी विधि र विधानभित्र रहेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

कुनै पनि संगठनलाई अनिर्णयको बन्दी बनाउन नहुने नेता महरको ठहर छ । ‘नेतृत्व विहित भातृ संगठनलाई गति दिनका लागि समयमै ठोस निर्णय लिन आवश्यक छ। स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेतृत्व विहिन भातृ र शुभेक्षुक संस्थालाई गति दिनुपर्छ । यसले स्थानीय तह निर्वाचनमा पार्टीका गतिविधिलाई सक्रिय पार्न महत्वपूर्ण भूमिका खेल्ने छ’, उनले भने ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १५:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।