किड्नीको समस्याका कारण लामो समयबाट टिचिङ अस्पतालमा उपचाररत स्याङ्जा चापाकोट ५ निवासी ३१ बर्षिय धन बहादुर रानालाई सहयोग प्राप्त भएको छ । चापाकोटकै बासिन्दा हाल क्यानडा बस्दै आउनुभएका नारायण पुरीबाट रु.२५०००/-(पच्चीस हजार )र चापाकोट ४ हाल दक्षिण कोरिया बिरेन्द्र नौभाग्यबाट र.५०००/-(पाँच हजार) सहयोग प्राप्त भएको छ । उक्त रकम एमाले केन्द्रिय सदस्य किशोर बिक्रम मल्ल मार्फत प्रदान गरिएको थियो ।
यो कामको संयोजन नेकपा (एमाले )स्याङ्जा –काठमाडौ सम्पर्कका युवा नेता भाइ सन्तु गिरिले गरेका थिए । बिरामीको आर्थिक अवस्था नाजुक भएकाले अन्य सहयोगी हातलाई पनि सहयोग गर्न अपील गरेको उनले बताएका छन् ।





















प्रतिक्रिया