काठमाडौं । चर्चित हास्य कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लाई मातृ शोक परेको छ । उनकी आमा विमला घिमिरेको शुक्रबार बिहान साढे दुई बजे ग्रिनसिटी अस्पतालमा निधन भएको हो ।
६८ बर्षकी विमलालाई ९ महिना अगाडि मस्तिस्कघातको कारण ग्रिनसिटी अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा केही अप्रेसन गरिएको थियो । अप्रेसनपछि विमला कोमामा पुगेकी थिइन् ।
अर्जुन घिमिरे, प्रकाश घिमिरे र दिपक घिमिरे गरि जम्मा तीन दाजुभाई छन् । तीनै जना दाजुभाईले अस्पतालमा आमाको निकै हेरबिचारका साथ उपचार गर्दै आएका थिए । धेरै कोशिस गर्दा पनि आमालाई बचाउन नसक्दा अर्जुनसँगै सक्कीगोनी सिरियलका टिमनै शोकमा डुबेको छ ।
पाँडे र दुई दाजुभाई आमालाई बचाउनका लागी उपचारको क्रममा धेरै खर्च लागेपनि उपचार गराउन तयार थिए । खर्च भने ठुलो भयो तर आमालाई बचाउन सकेका छैनन् ।
ग्रिनसिटी अस्पतालले पनि खर्च केहि हदसम्म धेरै भएको तर यति नै भयो भनेर यकिन नभएको बताएको छ ।




















प्रतिक्रिया