Logo

समाचार

मोरङ उर्लाबारीमा चिर्पट प्रहार गरी आमाको हत्या



मोरङ । मोरङमा घरायसी विवाद हुँदा चिर्पट प्रहार गरी आफ्नै आमाको हत्याको आरोपमा एकजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीले दिएको जानकारीअनुसार मोरङ उर्लाबारी नगरपालिका ४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिर्पट प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो साढे ४ बजे घरायसी विवाद कारण ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्रहारबाट गम्भीर घाइते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गंगा प्रासादलाई प्रहरीले नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडि बढाएको छ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार १४:१५   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।