Logo

समाचार

टिपरको ठक्करबाट साइकलमा जाँदै गरेकी महिलाको मृत्यु



काठमाण्डौं । टिपरको ठक्कराट साईकलमा जाँदै गरेकी एक महिलाको मृत्यु भएको छ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा दूध बेच्न हिडेकी एक महिलाको टिपरको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

इलाका प्रहरी कार्यालय भालुबाङ्गका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको घटना स्थलमै मृत्यु भएको जानकारी दिए ।

उक्त महिला साइकलमा दूध बेच्न भालुवाङ हिँडेकी थिईन् । टिपरले ठक्कर दिएपछि घटना स्थलमै उनको मृत्यु पछि मृतकका आफन्त तथा स्थानीयले केहीमा राजमार्ग रोक लगाएका छन् ।

उनीहरुले दोषीलाई कडा कारवाहीको माग र क्षतिपूर्तिको माग गर्दै बाटो बन्द गरिएको छ । मृतककाे शव अहिले घटनास्थलमा नै रहेकाे छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलवार ०९:३८   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।