Logo

प्रमुख समाचार

२ महिला सहित २३ जना बन्दकर्ता पक्राउ



काठमाण्डौं । काठमाडौं उपत्यकाबाट एमसिसिको बिरोधमा बन्द गराउन निस्केका २ महिला सहित २३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता ९एसपी० सन्तोष सिंह राठौरका अनुसार पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत २२ जना पक्राउ परेका बताए ।

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रीक मोर्चाले नेपालले बन्दको घोषण गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।