काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले तोडफोड गरेका छन् ।
००१ झ ४०१ नम्बरको गाडीलाई आज विहान बन्दकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले बताएको छ । उक्त गाडीमा बन्दकर्ताले ढुंगा प्रहार गर्दा सिसा फुटेको प्रहरी जनाएको छ ।
काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउँदै गरेको गाडीलाई कोहलपुरमा आज बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको थियो ।
एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्द गरेका छन् ।





















प्रतिक्रिया