Logo

समाचार

सुदूरपश्चिममा कृषि मन्त्रालयको गाडी ढुंगा प्रहार गरी तोडफोड



काठमाण्डौं । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडी नेपाल बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले तोडफोड गरेका छन् ।

००१ झ ४०१ नम्बरको गाडीलाई आज विहान बन्दकर्ताले बाँकेको कोहलपुरमा तोडफोड गरेको प्रहरीले बताएको छ । उक्त गाडीमा बन्दकर्ताले ढुंगा प्रहार गर्दा सिसा फुटेको प्रहरी जनाएको छ ।

काठमाडौंबाट सुदूरपश्चिम प्रदेश आउँदै गरेको गाडीलाई कोहलपुरमा आज बिहान ५ बजेर २९ मिनेट जाँदा ढुंगा प्रहार गरिएको थियो ।

एमसीसीको विरोधमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत ६ कम्युनिस्ट पार्टी र मोर्चाले नेपाल बन्द गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १०:५९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।