Logo

प्रमुख समाचार

सकियो प्रचण्ड र प्रधानमन्त्रीको छलफल, निष्कर्ष यस्तो



प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा भोलि दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने सहमति भएको छ ।

प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेट भएको र गठबन्धनका शीर्ष नेताहरुबीच भोलि बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जानकारी दिए ।

संसदीय दलको बैठक सकेर सिधै बालुवाटार पुगेका प्रचण्डले दलको निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबल जवर्जस्ती गरे सरकार छाड्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार १२:३७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।