पोखरा : गण्डकी प्रदेश प्रखु सिता पौडेलेले नेकपा एमालेका संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।
नवनियुक्त मुख्यमन्त्री गुरुङ पद तथा गोपनियताको सपथ खान प्रदेश प्रमुखको निबासमा पुगिसकेका छन् ।
गण्डकी प्रदेश सभाको नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री पुन बन्ने भएका छन् ।
प्रदेश प्रमुख सिता पौडेलले प्रदेश सभाको सबै भन्दा ठुलो दल एमालेलाई अल्पमतको सरकार गठन गर्न आव्हान गरेपछि गुरुङले दोश्रो पटक मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्रीबाट गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले २६ गते दिउसो ४ बजे ७२ घण्टाको समय दिदैं बहुमतको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् ।
यो अवधिमम बहुमतको सरकार बनाउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रयास गरेपनि जनमोर्चाका कृष्ण थापाले साथ नदिएपछि उनी सफल भएनन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र जसपाको साथ थियो । जनमोर्चाको मत एकै नहुँदा नेपालीले मुख्यमन्त्री बन्न पाएनन् ।
मुख्यमन्त्री गुरुङले प्रदेश सभाबाट एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।
प्रतिक्रिया