Logo

समाचार

भक्तपुर चाँगुनारायणकी सूर्यमायाले गरिन् आत्महत्या



भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने २२ वर्षीया सूर्यमाया तामाङले आत्महत्या गरेकी छन् । 

उनले आफ्नै घरको जस्ताको छानोको फलामको बलोमा खादाको पासो घाँटीमा लगाई झुन्डिएर आत्महत्या गरेको भक्तपुर प्रहरीले जनाएको जनाएको छ । 

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसर भक्तपुरका सूचना अधिकृत राजु पाण्डेले बताए ।   
 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार १३:२३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।