Logo

आज सुन चाँदीको भाउमा दुई सयले घट्यो



 बिहीबार पनि सुन चाँदीको भाउमा झिनो गिरावट आएको छ । बुधबार तोलाको ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा एकैपटक २ सय रुपैयाँले घटेर ९४ हजार ५ सयमा झरेको हो ।

तेजावी सुन पनि आज तोलामा २ सयले नै घटेर ९४ हजार रुपैयाँमा आईपुगेको छ । चाँदीको भाउ पनि आज २५ रुपैयाँले घटेर तोलामा ११ सय ७५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८० हजार ५९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

प्रकाशित मिति : आश्विन १५, २०७७ बिहीबार  १ : २० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।