काठमाण्डौं । जीवन विकास लघुवित्तले बम्पर लाभांश वितण गर्ने घोषणा गरेको छ।
शनिवार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७ ७८ को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६० करोड ६४ लाख रहेको छ ।
कम्पनीले हालको चुक्ता पूँजीको ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने जनाएको छ ।





















प्रतिक्रिया