Logo

प्रहरी हिरासतमा एक महिलाको मृत्यु 



रौतहटको जिल्लाका् गरुडास्थित प्रहरीको महिला तथा बालबालिका सेवाकेन्द्रको हिरासतमा एक महिलाको मृत्यु भएको छ । अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेकी ती महिला बिहीबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

गुजरा नगरपालिका २ कटानीबजारकी राधिका राउतको गरुडास्थित प्रहरीको महिला बालबालिका सेवाकेन्द्रको हिरासतमा मृत्यु भएको हो । उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी डीएसपी भरत श्रेष्ठले पुष्टि गरेका छन् । उनको के कति कारणले मृत्यु भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  २ : १५ बजे