Logo

खेलकुद

लिड्समाथि युनाइटेडको रोमाञ्चक जित



काठमाडौं । लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ । 

लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे ।

यस्तै लिड्सका लागि रोड्रिगो मोरेनो र राफिन्फाले एक-एक गोल गरे । जितसँगै युनाइटेड २६ खेलमा ४६ अंक जोड्दै चौथो स्थानमा  छ । लिड्स २४ अंक जोडेर १५औं स्थानमा  छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ०८:५४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।