Logo

खेलकुद

अबमेयाङको ह्याटि्रक मद्दतमा बार्सिलोनाको सहज जित



काठमाडौं । पिएरे एमरिक अबमेयाङको ह्याटि्रक  प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ । 

भ्रमणकारी क्याटलान क्लब बार्सिलोनाको जितमा अबमेयाङले दुई गोल गर्दा फ्राङ्क्लिन डि जोङ र पेड्रीले एक गोल गरे ।

इंग्लिस क्लब आर्सनलबाट फ्री मा सरुवा भएयता उनले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन् ।  अबमेयाङले खेलको २३, ३८ ६३  मिनेटमा  गोल गरे ।  डि जोङले ३२ मिनेटमा गोल गरे । यस अघि  पेड्रीले ६३ मिनेटमा गरेको गोल अबमेयाङलाई “टच” हुदा रेफ्रीले ह्याटि्रक गोल दिएका छन् । 

५२ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाको लागि सान्त्वना गोल गरे । 

 जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा  छ । भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा  छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार ०९:१०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।