कुनै पनि क्षण गठबन्धन टुट्ने निश्चित छ भने पार्टीको निर्णय विपरित गएर एमसीसी पारित गर्न बालुवाटारमा सहमति गरेकोले पार्टी नै फुट्ने संकेत देखिएको छ ।
सत्ता गठबन्धनका घटकहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको छेपारे प्रवृतिले आफैलाई नष्ट गरेको छ । पार्टीलाई र आफुलाई राजनीतिक परिस्थिती अनुसार ढाल्न सक्ने राजनीतिक रणनीति भएका प्रचण्डले पछिल्लो समय एमसीसीको विषयलाई लिएर अनेकौं रुप देखाएका छन् ।
प्रचण्डको यस्तो गतिविधिले माओवादीका अन्य नेताहरू खुलेर भर्सना गरिरहेका छन् । नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणी पोखरेल जस्ता दर्जनौ नेताहरूले अध्यक्ष प्रचण्डको विभिन्न रुपको विरोधमा कडा चेतावनी दिएका छन् । केहि समय अगाडि प्रचण्डले पार्टीमा कुनै छलफल नै नगरी एमसीसीलाई पत्र पठाएकाले पार्टीबाट नै आलोचना भएको थियो । एमसीसीको विरोधमा कठोर भएर लागेका नारायणकाजी श्रेष्ठलाई सधैँ गठबन्धनको बैठकमा लाजने प्रचण्डले एमसीसी संसदमा पेस गर्ने सहमती हुने निद बैठकमा श्रेष्टलाई लगेनन् ।
सत्ता मोहमा लिप्त प्रचण्डले गठबन्धन टुट्टन नदिने र एमसीसीलाई पनि प्रक्रियाबाट टुङ्गो लगाउने भनेर साधारण जनतालाई पनि पाच्य नहुने अभिव्यक्ती दिईरहेका छन् । आफु सरकारमा बस्ने, त्यही सरकारले पेस गरेको एमसीसीको विरोध गर्ने, यो कस्तो चरित्र हो ? एमसीसीको विरोध गर्ने हो भने तत्काल सत्ता छोड्नु पर्छ ।
आफै एमसीसी संसदमा टेबुल गर्न सहमत हुने । बाहिर युवा संगठनहरूलाई ढुङ्गा, इट्टा लिएर प्रहरीसँग युद्ध गर्न पठाउने । प्रचण्डको यो चरित्र जनताले सहजै बुझेका छन् ।
जसरी पनि जहिले पनि सत्तालाई आफ्नो पेरीफेरीमा घुमाई राख्ने प्रचण्ड अहिले सत्ता छाड्न पर्ने रन्कोले कहिले, कतिवेला के बोलेँ र के गरेँ भन्ने सोच्न नसक्ने अवस्थामा पुगेका छन् ।
प्रचण्डले एमालेसँग एकता गरेर माओवादी पार्टीलाई ठिक मान्ने जनाताको जनविस्वास गुमाईसकेका थिए । त्यस पछि फेरी माओवादीमा फर्केर जनतालाई एउटा कुरा सरकारमा अर्को बहुजिब्रे कुरा गर्न थालेका प्रचण्डले अब बाँकी रहेका पार्टीका कार्यकर्ता पनि क्रमस गुमाउँदै छन् । राजनीतिमा सत्ता साझेदार गर्न माहिर प्रचण्डको अबको राजनीतिक यात्रा सधैँ सत्ता बाहिर हुने निस्चित छ । पार्टीको केहि समय अगाडि सकिएको महाधिवेशनमा आत्मालोचना गरेका उनले आत्मालोचना होईन, जनतालाई मैले सत्ता मोहको लागि यस्ता—यस्ता गल्ती गर्दै आएको छु । अब झन बढि गर्दै जान्छु भनेर अग्रिम सु—सुचित गरेको जनताले प्रष्ट रुपमा बुझेका छन् ।
‘तँ पिटे जस्तो गर म रोए जस्तो गर्छु’ भन्ने भनाईलाई अबलम्बन गर्दै प्रचण्ड र माधव नेपालले संसद भित्र एमसीसी सम्झौतालाई टेबुल गर्न सहमती गरेर पेस गराए । संसद बाहीर हामीले विमती जनाउँदा जनाउँदै एमसीसी पेस भयो भनेर युवालाई उचालेर प्रहरीसँग युद्ध गर्न खटाए ।
मान्छे मार्ने काममा पिएचडी गरिसकेका प्रचण्डलाई बानेश्वरमा केहि कार्यकर्ता र प्रहरीको टाउकोमा ढुङ्गाले लाग्नु, कसैको दाँत झर्नु, कोही कार्यकर्ताको खुट्टा भाँचिनु त केवल केटा-केटीको खेल जस्तो भयो । तसर्थ सत्तामा आफै सडकमा आफै समावेस भएर प्रचण्ड-माधवले सत्ताको लालचका लागि नेपाली-नेपालबीच युद्ध गराउन सफल भए ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीले गरेको निर्णय विपरीत गएर गठबन्धनमा सहमती जुटाएकोमा अर्का नेता झलनाथ खनालले घोर आपत्ति जनाएका छन् । एमसीसी पेस हुँदै गर्दा खनाल संसद बैठकको अगाडि गएरै विरोध जनाए । यी परिदृष्यले दुबै पार्टी जुन कुनै वेला फुट्न सक्ने संकेत देखिएको छ । यधपी पार्टी नफुटे पनि केहि नेता कार्यकर्ताले भने नयाँ बाटो रोज्ने छन् ।
देशमा पछिल्लो समय राजनीतिक ध्रुविकरण बढ्नुमा सबै जसो दलहरूको भुमिका छ । दलहरूले संविधानलाई नै आफ्नो स्वार्थ अनुसार व्याख्या गर्दै आएका छन् । प्रचण्ड र माधव गठबन्धन जोगाउने खेलमा वारीपारी भैरहँदा नेकपा एमाले भने अझै पनि ‘तैँ चुप मै चुप’ गर्दै ‘पर्ख र हेर’को रणनीति अपनाइ रहेको छ ।
सत्ताको स्वाद लिँदै विभिन्न चरित्र देखाउँदा प्रचण्ड र माधवलाई नेपाली जनताले नजिकबाट चिन्ने अवसर भने पाए । सरकार र सडक मध्य एउटा विकल्प रोजेको भए बरु जनताले त्यती सराप्ने थिएनन् । नेपाली जनताले प्रचण्ड र माधवको बहुचरित्रको बारेमा नैतिक्ताको प्रश्न उठाएका छन् ।
अब सरकारबाट बाहिरीए पनि माओवादी केन्द्र र एकिकृत समाजवादीले जनताको भावनामा लात हानी सकेका छन् । दुर्भाग्य स्थानीय निर्वाचन निकै नजिक आएको छ । एक्लै-एक्लै निर्वाचनमा जान खुट्टा कमाइरहेका यि दुई पार्टी अब त झन खुट्टा टेक्न नै नसक्ने अवस्थामा पुगिसकेका छन् । सत्ताको लालचमा मोहित भएर जनतालाई भ्रममा पार्ने यि दुई पार्टीलाई अबको चुनावले आफ्नो हैसियत देखाउने निस्चित छ ।
पार्टीका अधिकांश नेता-कार्यकर्ताले सरकार छाडेर विरोध गर्न पर्ने भनिरहँदा पनि प्रचण्ड र माधवको अझै सत्ता भोग मेटिएको छैन् । प्रचण्ड र नेपालको ‘लौरो पनि नभाँचियोस्, सर्प पनि मरोस्’ भन्ने चालबाजी जनताले छर्लङ बुझेका छन् ।
यतिवेला प्रचण्ड र माधवको यस्तो बहुचरित्रले लाज पनि लजाएको छ । यसको हिसाब किताब नेपाली जनताले छिटै गर्ने छन् । जनता सचेत भैसकेका छन् । नैतिकता नभएको नेतालाई नेता भन्न पनि हाम्रो मनले मानेको छैन ।





















प्रतिक्रिया