Logo

समाचार

करेन्ट लागेर महादेव साहको मृत्यु



सप्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाडाका मनिष साहका ४२ वर्षीय छोरा महादेव साह छन्।

साहलाई घर नजिककै रहेको पोखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेरपछि गम्भीर घाइते भएका साहलाई तत्कालै अस्पताल ल्याएको थियोे ।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइराखेक‍ो छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।