Logo

प्रमुख समाचार

एमसीसी व्याख्यात्मक टिप्पणी पेस हुने, प्रक्रिया के हुन्छ ?



नेपालको संसदीय इतिहासमै पहिलो पटक कुनै सन्धीरसम्झौताको व्याख्यात्मक टिप्पणी पेस हुने भएको छ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसीको व्याख्यात्मक टिप्पणी प्रतिनिधि सभाबाट पास गरेर अमेरिका पठाउने तयारी सरकारले गरिरहेको छ।

मन्त्रिपरिषद्ले व्याख्यात्मक टिप्पणी पास गरेर पठाएपछि त्यसलाई सम्झौताको पूरक प्रस्तावको रूपमा प्रतिनिधि सभामा टेबल गरिनेछ ।

यसअघि सम्झौतासँगै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पारित गर्न प्रस्ताव पठाएका थिएु, प्रतिनिधि सभाको कार्यव्यवस्था शाखाका अधिकारी राजन घिमिरेले भने, मन्त्रिपरिषदबाट स्वीकृत भएर आएको अवस्थामा त्यसलाई पूरक प्रस्तावका रूपमा प्रतिनिधि सभामा छलफल गराइनेछ।

प्रतिनिधि सभाबाट एमसिसी सम्झौता र व्याख्यात्मक टिप्पणी दुबै एकसाथ पारित गर्ने सरकारको तयारी छ।

व्याख्यात्मक टिप्पणी पास गर्न केहीबेरमै मन्त्रिपरिषद्को बैठक बस्ने लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए।

पारित गरेपछि दुबैको जानकारी सम्बन्धित देशलाई परराष्ट्र मन्त्रालयमार्फत् पठाइन्छु, घिमिरेले भने, सन्धी ऐनमा पारित गरेर जानकारी दिने व्यवस्था छ।

प्रतिनिधि सभामा एमसिसीसँगै व्याख्यात्मक टिप्पणीमाथि एकसाथ छलफल गराइने घिमिरेले बताए।

व्याख्यात्मक टिप्पणी सरकारको तर्फबाट अर्थमन्त्रीले टेबल गर्नेछन्। अर्थमन्त्री अनुपस्थित भए अरू मन्त्रीले स्वीकार गर्नेछन्।

घिमिरेका अनुसार विगतमा नेपालले आरक्षणको व्यवस्थासहित एक सन्धी सम्झौता गरेको भए पनि पहिलो पटक व्याख्यात्मक टिप्पणी पारित हुन लागेको हो।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आईतवार १२:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।