हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसाेकाे मौसम सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन् ।
प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज राति पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना सहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।





















प्रतिक्रिया