Logo

धर्म / संस्कृति

जनस्तरबाट निर्मित शिवालयको उद्घाटन



अर्घाखाँची ।अर्घाखाँचीमा जनस्तरबाट निर्मित शिवालयको उद्घाटन गरिएको छ ।

सन्धिखर्क नगरपालिका–८ किमडाँडामा रहेका सापकोटा बन्धुहरूको सक्रियतामा निर्मित मन्दिरको प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले उद्घाटन गरेका हुन् । 
शिलान्यास गरिएको ४७ओैँ दिनमा शिवरात्रिको पवित्र अवसर पारेर मन्दिरको उद्घाटन गरिएको हो ।

मन्दिर निर्माणको लागि स्थानीय लोकनाथ सापकोटाले करिब एक रोपनी जग्गा सहयोग गरेका थिए । 

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १५:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।