Logo

समाचार

नेता पौडेल भन्छन्ः स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्वलाई किमार्थ स्वीकार्य हुँदैन



नेपाली काँग्रेसका युवा नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् ।

उनले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आग्रह गरेका छन् । रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जाल ट्विटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्,‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमणगर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन । युद्धले सामाधान दिन सक्दैन स्वतन्त्र राष्ट्रको अस्तित्व कायमगर्न विश्व व्यापी दवाव सिर्जना गरौं ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १७:०२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।