Logo

प्रमुख समाचार

स्थानीय तह चुनावको लागि कति खर्च लाग्छ ?



सरकारले स्थानीय तहको चुनावका लागि ८ अर्ब ११ करोडको बजेट सुनिश्चित गरेको छ । निर्वाचन आयोगका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

उनले भने, ‘स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई नेपाल सरकार, अर्थमन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ ।’ 

आगामी बैशाख ३० मा हुने स्थानीय तहको चुनावका लागि आयोगले व्यवस्थापकीय तयारी गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए । उनका अनुसार अहिले आयोग मतदाता नामावली छानबिनको तयारीमा छ ।

यही फागुन २० देखि २६ सम्म नामावलीमाथि छानबिन गरिनेछ । नामावलीविरुद्ध उजुरी दिने, छानबिन गर्ने, दोहोरो नामावली भए हटाउने, मृत्यु र नागरिकता त्याग गरेको अवस्थामा नामावली सूचीबाट नाम हटाइनेछ । 

यस्तै आयोगले चुनाव प्रयोजनका लागि दर्ता भएका ८० दलबारे छानबिन गरिरहेको प्रवक्ता शर्माले जानकारी दिए । उनले अहिले मुख्य निर्वाचन अधिकृतको नाम आयोगलाई प्राप्त भएको र सो विषयमा निर्णय हुनेक्रममा रहेको जानकारी दिए । 

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ११:५०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।