कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणको क्षेत्रमा उनकै पार्टीबाट निर्वाचित वडाध्यक्ष जसपा प्रवेश गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका- १० का वडाअध्यक्ष व्यास मुन थारु जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका हुन् ।
जसपा क्षेत्र नम्बर १, रुपन्देहीले तिलोत्तमा–१० स्थित बेवरामा शुक्रबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा थारु जसपामा प्रवेश गरेका हुन् । उनलाई जसपाका वरिष्ठ नेता अशोक राई, महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष रामअवतार यादवलगायतले पार्टीमा स्वागत गरे ।




















प्रतिक्रिया