Logo

कोशी प्रदेश

मोरङको सुन्दरहरैंचमा छिमेकीलाई दाउ प्रहार गरी हत्या गर्ने राई पक्राउ



मोरङ । आफ्नै छिमेकीलाई फलामको दाउ प्रहार गरी हत्या गरेको अभियोगमा सुन्दरहरैंचा  नगरपालिका-३ लोचनी बस्ने २३ वर्षीय पूजन राईलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ४० वर्षीय विष्णु ऋषिदेवलाई धारिलो हतियारले काटी मारेको भन्ने प्राप्त सूचनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानको क्रममा घटनमा राईको संलग्नता रहेको खुल्न आएपछि घरबाटै राईलाई पक्राउ गरिएको हो । घटनामा प्रयोग भएको दाउ राईको भान्सा कोठाबाट बरामद भएको छ ।

राई उपर मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार १९:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।