शनिबार शनिदेवको पूजा गर्ने विधान रहेको छ । यस दिन मानिसले शनि दोषबाट जोगिन र शनिको अनुग्रह प्राप्त गर्न धेरै उपाय गर्छन् । कसैले शनिदेवलाई तेल अर्पण गर्छन् त कसैले शनि ग्रहसँग सम्बन्धित चीजहरू दान गर्छन् । वास्तवमा, जसको जन्मकुण्डलीमा शनि दोष छ, उनीहरुले धेरै समस्याहरुको सामना गर्नुपर् छ। त्यस्तै, शनिको कृपा रहेको मानिसले भने अपार सफलता प्राप्त गर्छ ।
त्यसकारण, ज्योतिषशास्त्रमा शनि महाराजको कृपा प्राप्त गर्न र शनि दोषबाट मुक्त हुन शनिबार गर्ने केहि उपायहरू उल्लेख छन् । शनिको प्रकोपबाट बच्न यी ४ चीजहरू शनिबार किन्नु हुँदैन ।
फलामको सामान

शनिबार फलामका सामानहरू किन्नु हुँदैन । यसो गर्नाले शनि क्रोधित हुन्छन्। यस दिन, फलामले बनेका चीजहरू दान गर्नु शुभ मानिन्छ । यस दिन, विशेष ध्यान राख्नु पर्छ घरमा फलामले बनेका सामानहरू किनेर लेराउनु हुँदैन । तपाईं शनिबार बाहेक कुनै पनि दिनमा फलामका सामानहरू किन्न सक्नुहुन्छ ।
नुन

शनिबार नुन किन्न हुँदैन । शनिबार नुन खरीद गर्दा ऋणको बोझ बढ्छ भन्ने विश्वास छ । ज्योतिषशास्त्रका अनुसार यदि तपाई ऋणको बोझबाट मुक्त हुन चाहनुहुन्छ भने शनिबारको दिन भुलेर नुन नकिन्नुहोस् ।
कालो तिल

शनिबार कहिल्यै कालो तिल नकिन्नुहोस् । यो विश्वास गरिन्छ कि यस दिन कालो तिल किन्दा कार्यक्षेत्रमा बाधा पुर्याउँछ । शनि दोष हटाउन शनिबार कालो तिल दान गरेर पीपलको रूखमा चढाउने नियम छ ।




















प्रतिक्रिया