Logo

प्रदेश न. १

प्रदेश १ मा कोरोना संक्रमणमा नयाँ रेकर्ड,१९७ संक्रमित थपिए



 प्रदेश १ मा आज १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैंचामा ४ महिला र ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला र ७ पुरुष, रंगेलीमा १ महिला र २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीमा इटहरीमा २ महिला र ७ पुरुष, धरानमा २ महिला र ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीयतह नखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला र ९ पुरुष, भद्रपुरमा २ महिला र २ पुरुष, कनकाईमा २, दमक र बिर्तामोडमा १–१ पुरुष, तेह्रथुमको छथरमा १ महिला, स्थानीयतह नखुलेका १ पुरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट १५५, विराट मेडिकल कलेजबाट ८, न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ४३८ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ९ : १० बजे