Logo

प्रमुख समाचार

नेपालको राजनीतिमा मौलाउँदै दोहोरी, एमाले भर्सेस गठबन्धन



नेताहरूको दोहोरी प्रवृत्ती राजनीतिक संस्कार नै बनेको छ । दिनहुँ जसो विकास र परिवर्तनको नभएर आलोचना र गाली गलौजको भाषणवाजी विकसित हुँदै गएको छ ।

पलिल्लो समय नेपालको राजनीतिमा दोहोरी प्रवृत्ती मौलाएको छ । आज कुनै नेताले अर्को पार्टीको नेताको टिपणी गर्दा भोली त्यसको जवाफ आउने निश्चित नै हुन्छ । जवाफ सोचेर नेताहरू कार्यक्रममा पुग्छन् । मन्तव्यको पालो आउनासाथ हिजोको भाषणको जवाफ फर्काउँछन् ।

नेपालका कुनै पनि नेता अर्काको आलोचना गर्न र दोहोरी प्रतियोगितामा सहभागी हुनबाट अछुतो छैनन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सबै दलका नेताहरू जनतालाई प्रभावित पारेर आफ्नो पार्टीलाई जिताउन गाउँगाउँ पुगेका छन् । शीर्ष नेताहरूलाई कार्यक्रम भ्याइनभ्याई भएको छ ।

देश विकासको कुरा, अबका लक्ष्य र उदेश्य भन्दा पनि विपक्षी दलका नेतालाई गाली गलौज गर्ने दोहोरी प्रवृतीले जनतामा भने निरासा छाएको छ । केही नेताहरुले भने दोहोरीको साथसाथै विगतमा आफ्नो पार्टी सरकारमा हुँदा गरेका कामहरु दोहोर्याई तेहेर्याई भन्ने गरेका छन् ।

केही नेताहरुले त विकासका र परिवर्तनका एक शब्द पनि नबोली भाषणमा दोहोरीलाई नै महत्व दिने गरेका छन् । एउटा दलको नेताले अर्को दलको तेनालाई गाली गर्ने, बेजत गर्ने र झाको झार्नेमा तलिन भएका हुन्छन् । राजनीतिज्ञले जनताको अगाडि भाषण गर्दा आगामी एजेण्डामा केन्द्रीत हुन पर्ने थियो । तर नेताहरु अर्काे पार्टीलाई बदनाम गर्नमा तलिन छन् । नेताहरु कुन कार्यक्रममा गएर के भाषण गर्ने भनेर गालीका शब्दहरुको भारी बोकेर जान्छन् । केहिले आक्रोसीत भएर गाली गर्छन् भने केहिले व्यङ्गयात्मक सैलिमा सायरी जसरी मिलाएर जनतालाई हँसाउन र तालि बजाउन बाध्य बनाउछन् ।

मैले यो लेख लेखि रहँदा दुई वटा समाचार आएको छ । पहिलो नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले हिजो मात्रै इलाममा नै पुगेर एमालेको मत पेटिका रित्तो हुन् पर्छ भनेको भाषणको दोहोरी शैलीमा जवाफ दिँदै कसको मत पेटिका रित्तो हुन्छ स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनबाट थाहा हुन्छ भन्दै प्रतिक्रिया दिए । दोस्रो समाचार नेपाली कांगे्रसका नेता प्रदिप पौडेलले केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् भन्दै स्थानीय निर्वाचन लक्ष्ति कार्यक्रम लमजुङको मध्यनेपाल पुगेर बोले छन् । आजकाल दिनभर जसो यस्तै समाचारले मिडियामा रामै्र स्थान ओगटेको छ ।

यी दुबै समाचारमा नेम्वाङ र पौडेललाई अर्को पार्टीको नेतालाई केहि नभनी र पहिलेको भाषणको जवाफ नर्फकाई भाषण गरेको भए अन्य नेता भन्दा केहि फरक सावित हुन्थे । तर निरन्तर चलेको प्रक्रिया झै दुवैले विपक्षको खेदो खने ।
पुष्पकमल दाहाल प्रचण्डको भाषणमा र माधव लेपालको भाषणमा केपी शर्मा ओली र एमालेको आलोचनामा आगो ओकलिरहेका हुन्छन् । ओलीले ती दुबैलाई जवाफ फर्काउन र आलोचना गर्न कुनै कसर बाँकी राख्दैनन् ।

पलिल्लो समय गगन कुमार थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरु समेत गाली गलोजमा उत्रिएका छन् । भाषणमा त्यती ध्यान नदिने भन्न पर्ने सिमित कुरा मात्रै भन्ने विपक्षी नेताको खासै आलोचना नगर्ने भनेर कम बोल्ने छवि बनाएका प्रधानमन्त्री शेरबहादुर देउवाले समेत भिम रावलको आलोचना गरे । अनत्त देउवा पनि राजनीतिको दोहोरी प्रतियोगितामा सहभागी भएरै छाडे ।

अब जनतामाझ सवाल यो उठेको छ कि के जनताले यी आलोचना, गाली, व्यग्याको भरमा भोट दिने ? कि कसले धेरै गाली गर्न सक्छ उसैलाई दिने ? यी प्रश्नले जवाफ खोजेको छ । तर नेताहरुमा त्यसको जवाफ छैन् । नेताको भाषण देशलाई १० वर्षमा कस्तो बनाउने कुन स्तरमा विकासलाई अगाडि बढाउने जस्ता परिवर्तन रुपी बोलीले भरिन पर्ने थियो । अब कुनै पनि नेताले आलोचना र गाली गरेकै भरमा निर्वाचन जित्छु भन्ने सोच्नु दुर्भाग्य हुनेछ । जनताले सबै दलको योजना र विगतका कामको मुल्याङ्कन गर्रिसकेका छन् । जनतालाई भ्रमपुर्ण भाषणले झुक्याउन खोज्नु समयको बरबादी मात्रै हो ।

नेताले जनताको माझ जाँदै गर्दा जनतासँग अन्तरक्रिया गर्न पर्ने थियो । जुन ठाउमा कार्यक्रम गर्न गएको हो त्यहाँको विकासबारे चाँसो राखेर पहल गर्न गर्न जरुरी हुन्छ । नेपालको राजनीतिमा यस्तो परम्परा र संस्कार बस्दै गएको छ । यो गलत प्रतृत्तीको अन्त्य हुन् जरुरी छ ।

अहिले विशेष गरी नेकपा एमाले र पाँच दलिय गठबन्धनबीच कडा दोहोरी चलिरहेको छ । दोहोरी प्रतियोगितामा गठबन्धन भित्रै पनि कहिले कसो आलोचना हुन्छ । तर पार्टीका शिर्ष नेताले गठबन्धन भित्रका दलको बारेमा जथाभावी दाहोरी नगाउँन निर्देशन दिनदा केहि कम भएको छ । नेपालका कम्युनिस्ट दलहरु तितर वितर हुँदा नेपाली कांगे्रसलाई भने दुबै हातमा लड्डु भने झै भएको छ । यसरी नेताहरु काम र योजनामा भन्दा भाषणवाजीमा प्रतिस्पर्धा गर्दा जनताले बुझन पर्ने बेला आएको छ ।

यस्तो तुक्ष शब्द प्रयोग गरेर गरिने आलोचना र भाषणवाजीलाई बहिस्कार गरेर विकास र परिवर्तन योजनाका भाषण गर्न सके मात्र राजनीतिक संस्कारमा परिवर्तन आउँछ । राजनीतिमा नयाँ अध्याय सुरु हुन्छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १५:३२   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।