Logo

कोशी प्रदेश

नामकरणको विषय संसदमा प्रवेश नगरी प्रदेश १ को हिउँदे अधिवेशन सकियो



विराटनगर । प्रदेश-१ सरकारले प्रदेश सभाको हिउँदे अधिवेशनमा सकेसम्म प्रदेशको नाम टुंग्याउने, त्यो सम्भव नभए नामको विषय संसदमा प्रवेश गराउने प्रतिवद्धताविपरीत संसद अधिवेशन टुंग्याएको छ ।

सरकारले आइतबार राति १२ बाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको नवौं तथा हिउँदे अन्त्य गर्ने निर्णय गरेको हो ।

गएको दसैंअघि नै सुरू भएको संसद्को हिउँदे अधिवेशन तत्कालीन मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन आह्वान गरेका थिए । उनले विश्वासको मत नलिई राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए ।

पाँच दलीय गठबन्धनको नेतृत्व गरेर मुख्यमन्त्री बनेका राई र गठबन्धनका अन्य नेताहरू सबैले हिउँदे अधिवेशनबाट नामकरण टुंगो लगाउने बताउँदै आएका थिए । यसबीचमा नामकै विषयमा सर्वपक्षीय एउटा छलफल आयोजना गरेको सरकारले मन्त्रीको नेतृत्वमा नामबारे संवाद समिति पनि बनाएको छ । यद्यपी नामकरणको मुद्दा संसदमा प्रवेश गराउने काम भने सरकारले गरेन ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आईतवार १४:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।