Logo

राजनीति

नेपालको राजनीतिमा बोल्यो भारत



नेपालको राजनीतिक घटनाक्रमसँग जोडेर भारतको चलखेल रहेको विश्लेषण आइरहेकै बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ‘नेपालको राजनीतिक घटनाक्रम आन्तरिक मामिला हो’ भनेको छ ।

‘हामीलाई लाग्छ कि अहिले देखिएको राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला हो, यसलाई उनीहरूले आन्तरिक रूपमा र प्रजातान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ,’ विज्ञप्तिमार्फत भनिएको छ, ‘एउटा छिमेकी र साथीको नाताले भारतले नेपाल र त्यहाँका जनताको प्रगति, शान्ति र स्थायित्वका लागि अटुट रूपमा सहयोग गरिरहन्छ ।’

भारतले अहिले देखिएको समस्या नेपाल आफैंले समाधान गर्नुपर्नेमा समेत जोड दिएको छ । नेपालको आन्तरिम मामिला नियाल्नेबाहेक कुनै पनि हस्तक्षेपकारी भूमिका नगर्ने उसले प्रस्ट पारेको छ ।

राजनीतिक घटनाक्रम हुनुअघि भारतको सैन्य प्रमुख र गप्तचर विभाग प्रमुख आएपछि नेपालको राजनीतिमा उथलपुथलपूर्ण अवस्था आएको भन्दै टीकाटिप्पणी हुन थालेपछि भारतले आफ्नो धारणा राखेको हो ।

नेपालको मामिलामा भारतले चासो दिने गरेको भएकाले पनि राजनीतिक घटनाक्रमलाई भारतसँग जोडेर विश्लेषण गरिएको छ । ११ फागुन २०७७ मा संसद् पुनस्र्थापनापछि नेपालको राजनीतिक विषयलाई भारतले गरेको राजनीतिज्ञले भनिरहेका थिए ।

राजनीतिज्ञको सो विश्लेषण आइरहेका बेला नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक टेलिभिजन कार्यक्रममार्फत आफूहरू भारतका लागि ‘कन्र्फटेबल’ सरकार दिन तयार रहेको अभिव्यक्ति दिए । जसले भारत नेपालमा ‘कन्र्फटेबल’ सरकारको खोजीमा रहेको सन्देश प्रवाह भयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा माओवादी केन्द्र अध्यक्ष दाहालले भारतको सहयोग हुने अपेक्षासाथ अभिव्यक्ति दिएपछि भारत नेपालको राजनीतिक मामिलामा जिम्मेवार रहेको आंशका गर्न थालिएको हो ।

नेपालको राजनीतिक मामिला विषयमा भारतको नाम जोडेर धेरै प्रश्न आइरहेका बेला आफ्नो धारणा स्पष्ट पार्नुपर्ने थियो । दोस्रोपटक संसद् विघटनपछि पनि राजनीतिक घटनाक्रमलाई लिएर नेपालको नाम जोडिन थालेपछि भारतले मुख खोलेको हो ।

नेपालको राजनीतिक उथलपुथलमा भारत मात्रै होइन, चीन र शक्ति राष्ट्रले समेत चासो राख्ने गरेको पाइन्छ । यो समाचार आमजको राजधानीबाट दैनिकमा छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  ९ : ५७ बजे