Logo

सभापति देउवाद्वारा मल्लको निधनप्रति दुःख व्यक्त



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत पार्टीका नेता, पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गरेका छन्  ।

देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन्  । कैलाली निवासी मल्ल कांग्रेसका महासमिति सदस्य थिए । 

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : २१ बजे