प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विरुद्ध चुनावी गठबन्धन बन्ने निश्चित भै सकेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र समाजवादीका अध्यक्ष माधव कुमार नेपाल कांग्रेसकै आडमा चुनाव जित्ने दाउमा रहेका छन् । तर पनि उनिहरु बलियो भने देखिएका छैनन् । कांग्रेस उनिहरुलाई बोकेर जान तयार देखिएपनि कार्यकर्ताले भोट नदेलान भन्ने उनिहरुमा तनाव जिबितै रहेको छ ।
प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्नसक्ने’ निर्णय गरेसँगै सत्ता गठबन्धनका सबै दल चुनावी महागठबन्धनको पक्षमा उभिएका हुन् ।
सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै चुनावी तालमेलको पक्षमा उभिइसकेका छन् । गठबन्धनका अन्य दलले कांग्रेसकै औपचारिक निर्णय पर्खिरहेका थिए ।
‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।
प्रचण्ड माधव बौक्दा बोक्दा काँध गलिसक्दा पनि जसो तसो कांग्रेसले बोकिनै रहेका छ ।
यसबाट कांग्रेसको निर्णय पर्खिएर बषेका माधव र प्रचण्डलाई राहात मिलेको छ । तर उता एमाले भने साना दलसँग तालमेल गर्ने वा एक्लै जाने भन्ने दबाबमा परेको छ ।




















प्रतिक्रिया