खाँदबारी : संखुवासभा कम्युनिटी अफ अमेरिकाले आइसोलेशन केन्द्रको शय्या खरिद गर्न आर्थिक सहयोग गरेको छ । संस्थाले खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङमा सञ्चालन गरिएको आइसोलेसनमा ५० श्यया खरिद गर्न संस्थाले १२ लाख ५० हजार रुपैँया उपलब्ध गराएको हो ।
जिल्ला समन्वय प्रमुख किरणकुमार शाक्यले सहयोप्रति सस्थालाई धन्यवाद दिए । सस्थाक अध्यक्ष शान्ति श्रेष्ठले संखुवासभामा जन्मभइ अमेरिकामा रहेकाबाट प्राप्त रकम सङ्कलन गरी कोरोना नियन्त्रणमा सहयोग गरिएको जानकारी दिएका छन् । जिल्लामा एक ९० शय्याको अइसोलेशन सञ्चालनमा छ ।















प्रतिक्रिया