Logo

गण्डकी प्रदेश

एमाले नेताले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेपछि शर्माले भने- सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो



पूर्वगृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक र नर्समाथि भएको आक्रमण घटना जघन्य अपराध भएको बताएका छन्।

उक्त घटनालाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको उल्लेख गर्दै नेता शर्माले भनेका छन्, ‘दोषीमाथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस्। सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो।’

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४र५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए।
प्रहरीकाअनुसार घटनामा संलग्नमध्ये मानबहादुर, भरत र लोकराज रावतलाई पक्राउ गरिएको छ।

पक्राउ परेका मानबहादुर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य हुन्। “>

प्रकाशित मिति : १४ जेष्ठ २०७८, शुक्रबार  ९ : ४० बजे