Logo

राजनीति

आक्रमण गर्नेलाई ज्यान मार्ने उद्योगको मुद्धा लाग्ने भएपछि काममा फर्किए स्वास्थ्यकर्मी



भेरी अस्पतालमा बिहीबार स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि आक्रमणकारीहरुलाई कडा कारवाही गर्नको लागि व्यापक दबाब बढेको थियो । शुक्रबार प्रमुख विपक्षी दलदेखि राष्ट्रपतिले समेत चासो व्यक्त गरेकी थिईन् । उक्त अस्पतालका स्वास्थ्यकर्मी समेत आन्दोलित भएपछि प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको छ ।

आक्रमणमा संलग्न दाङको तुलसीपुर घर भएका मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्धा चलाएको छ । यससँगैको सहमतिपछि स्वास्थ्यकर्मीहरु आ-आफ्नो काममा फर्किएका छन् ।

प्रकाशित मिति : जेष्ठ १५, २०७८ शनिबार  ७ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।