Logo

बजेट भाषणका क्रममा जे देखियो (फोटो फिचर)



अर्थमन्त्री विष्णु पौडेलले शनिबार २०७८/७९ को बजेट सार्वजनिक गरेका छन् । प्रतिनिधि सभा विघटन भएपछि सरकारले अध्यादेशबाट नयाँ बजेट ल्याएको हो । बजेट सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकारहरुसहित सरकारी उच्च अधिकारी उपस्थिति रहेको छ । 

बजेट सार्वजनिक हुनुअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गरेकी थिइन् । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को शनिबार बिहान बसेको बैठकले ती अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार १७:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।