भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काेराेना भाइरस संक्रमणका कारण अभिभाक गुमाएका बालबालिकाका निम्ति राहत प्याकेज घाेषणा गरेका छन्।
जसअनुसार अब ती बालबालिकाकाे उमेर १८ वर्ष भएपछि १० लाख रुपैयाँ भारु सुनिश्चित हुनेछ। साथै उनीहरुलाई शिक्षाकाे प्रबन्ध पनि गरिएकाे छ।
दाेस्राे कार्यकालकाे दुई वर्ष पूरा भएकाे अवसरमा घाेषणा गरेकाे प्याकेज अनुसार ‘पीएम केयर्स फर चिल्ड्रेन’ योजनाबाट बालबालिकालाई सहयाेग उपलब्ध गराइनेछ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार त्यस्ता बालबालिकाकाे नाममा मुद्दती खातामा खाेलिनेछ, जसले काेराेनामा आमाबुवा गुमाएका छन्। र, पीएम केयर्स फन्डबाट पैसा जम्मा गरिनेछ। त्यसपछि उक्त १० लाख रुपैयाँ रकम बालबालिका १८ वर्ष पूरा भएपछि दिइनेछ।
१८ वर्षकाे उमेर भएपछि उनीहरुलाई हरेक महिना वित्तीय सहायता स्वरुप थप पाँच वर्षसम्म केही रकम पनि दिइनेछ, ताकी उक्त रकमबाट उच्च शिक्षा हासिल गर्न सहयाेग पुगाेस्। ती बालबालिकाकाे उमेर २३ वर्ष भएपछि एक निश्चित रकम एकमुस्ट दिइनेछ, जसले कुनै पेशाव्यवसाय गर्न सकियाेस्।
काेराेनाबाट ज्यान गुमाएका १० वर्ष मुनिका बालबालिकालाई नजिकै रहेका केन्द्रीय विश्वविद्यालय वा निजी स्कुलमा सरकारले पढाउनेछ। ११ देखि १८ वर्ष उमेरका बालबालिकालाई केन्द्र सरकारकाे आवासीय विद्यालय (सैनिक स्कूल, नवोदय विद्यालय) मा पढाइनेछ। यदि बालबालिका परिवारकाे निगरानीमा रहेमा नजिकै रहेका केन्द्रीय विद्यालय र निजी स्कुलमा पढाउन सकिनेछ।
ती बच्चालाई निजी स्कुलमा पढाए शुल्क पीएम केयर्स फन्डबाट उपलब्ध गराइनेछ। साथै बच्चाकाे विद्यालय पाेशाक, किताब र कपीकाे खर्च पनि सरकारले तिर्नेछ।
उच्च शिक्षा अध्ययनरतकाे हकमा शैक्षिक कर्जा उपलब्ध गराइनेछ जसकाे ब्याज पीएम केयर्स फन्डबाट उपलब्ध हुनेछ। बिबिसी हिन्दीबाट।
प्रतिक्रिया