Logo

बाढीले मौरीको घार बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति



रुपन्देही : लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लुम्बिनी बिकास कोषको जग्गामा कपिलबस्तु शिवराज नगरपालिका-५ बस्ने मोहन अधिकारीको शिवराज मौरी पालन फर्मको १ सय वटा मौरीघार बाढीले बगाउँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल  क्षति भएको छ । 

अबिरल वर्षाको कारण शनिबार दिउँसो आएको बाढीले उक्त फर्ममा रहेको मौरीको घार बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरीले ५० वटा मौरिघार उद्दार गरेको थियो ।   

 

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।