Logo

टिप्पणी

माधव नेपाललाई देउवा, प्रचण्डलाई घाँडो !



केहि समय अघि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीको सरकार ढाल्ने जिम्मेवारी शेरबहादुर देउवा, प्रचण्ड, बावुराम भट्राईहरुले आफूलाई दिएको र सो काम आफूले फत्ते गरेको भन्दै सगौरव आफ्नो महिमागान गरेका थिए तर छोटो समयमै तिनै माधव नेपाल अहिले देउवा प्रचण्डलाई घाँडो बनेका छन् ।

नेकपा एमालेको महासचिव बनेर १५ बर्ष सम्म एकलौटी नेतृत्व गरेका नेपालले एमाले अध्यक्ष केपी ओलीसँग केहि बिषयमा मतान्तर हुँदा विशेष त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)को उस्काहटमा लागेर पार्टीनै विभाजनको तहसम्म पुगेका थिए । एमाले फुटाउँन नेपाललाई दरो व्याकअप दिएका प्रचण्ड नै अहिले उनको व्यवहार देखेर दिक्क भएका छन् ।

सम्मान र अपमानको मामलामा निकै सिन्सीयर हुने एसका अध्यक्ष नेपालले अहिले दिनहुँजस्तो अपमानको सामना गर्नु परेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले धेरैनै अपमान गरेको र त्यो सहन नसकेर विद्रोह गरेको भनेर पार्टी विभाजको औचित्य पुष्टि गर्न खोज्ने नेपालले अहिले गठबन्धनबाट पनि उस्तै व्यवहार खेप्नु परेको छ ।

माधव नेपालले सारै भरोसा र विश्वास गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत आज मुखै खोलेर नेपालको व्यवहारले दिक्क भएको बताएका छन् । प्रचण्डले माधव नेपालकै कारण गठबन्धनमा कुरा मिल्न नसकेको बताएका छन् ।

माधव नेपालले अहिले पनि आफ्नो औकात थाहा नपाएको र ठूलै पार्टीको नेता जसरी ठूलो भाग खोजेका कारण समस्या परेको दुखेसो प्रचण्डले गरेका छन् । नेकपा एस एमाले फुटाएर बनेको सानो पार्टी भएकाले कतै दिएको खाएर चित्त बुझाउँनु पर्ने आशयले प्रचण्डले अभिव्यक्ति दिएका छन् ।

नेपालका कुरा सुनेर प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा पनि दिक्क भएको बताइन्छ । बालुवाटार निकट स्रोतले दिएको सूचना अनुसार कहिले के भन्ने कहिले के भन्ने ठूलो ठूलो कुरा मात्रै गर्ने गरेका कारण देउवा इरिटेड भएको खबर छ ।

प्रचण्डले त त्यत्ति सम्म भने भनेपछि देउवालाई कति सम्मभ भएको होला तपाई आफैँ बुझ्नुस न भन्न पो भएको छैन त, देउवा निकट एक नेताले भने । नेपालले आधा एमाले आफूसँग भएको दाबी गर्दै त्यहि अनुसारको भाग खोजिरहेको बताइन्छ ।

त्यसो त केहि समय अघि एक सार्वजनिक कार्यक्रममा नेपालले राजनितिक रुपमा अहिले नेकपा एस पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो, र नेपाली कांग्रेस तेस्रो शक्ति रहेको भाषण दिएका थिए । केहि दिन अघि मात्रै पनि उनले गठबन्धनको नेतृत्व अहिले नेकपा एसले गरेको बताएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार १४:०८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।