हेटौंडा । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गरिएको छ ।
एक करोड ४४ लाखको लागतमा बोधी चैत्य बौद्ध स्तुपा मूर्ति निर्माण गरी अनावरण गरिएको हो । बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलले एक समारोहकावीच मूर्ति अनावरण गरेका हुन् । सम्पूर्णकुमार लामाको अध्यक्षतामा मूर्ति अनावरण भएको थियो । समाजसेवी दुर्गामान शाक्य, सुभाषराज शाक्य, कमलचन्द्र सुमनको सक्रियतामा हेटौंडा–१८, गुम्बाडाँडामा बौद्ध मूर्ति निर्माण गरीएको हो ।
धार्मिक महत्वको मूर्ति अनावरणहुँदा वडानम्बर १८ गुम्बाडाँडामा धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको छ ।





















प्रतिक्रिया