Logo

विविध

राति सुत्ने बेला सझिएर गर्नुहोस् यी ५ चिज



राति सुत्दा हामीले विभिन्न सपनाहरू देख्ने गर्छौ । सुख शान्ति प्राप्त गर्न रातिको निद्रासँग गहिरो सम्बन्ध रहने गर्छ । यदि राति सुत्दा अप्ठ्यारो पर्‍यो वा निद्रा परेन भने शरीर आलस्य हुन्छ । शरीरमा थकान महसुस हुन्छ । शरीरको थकान मेटाउन रातिको निद्राले मात्र सम्भव हुन्छ ।

शास्त्रका अनुसार सुत्ने समयमा यी पाँच चिज सिरानी मुनी राख्नु निकै राम्रो मानिन्छ । दिनभरिको सुख शान्तिका लागि यी चिज सिरानी मुनि राखेर सुत्दा राम्रो मानिन्छ ।

हनुमान चालिसा- राति सुत्ने समयमा हनुमान चालिसाको पुस्तक पढेर सिरानी मुनी राख्नाले मनमा डर, त्रास र अहङ्कार हट्ने र मन एकाग्र भएर शान्त हुने गर्छ । जय हनुमान ज्ञान गुन सागर। जय कपी तिउँ लोक उजागर॥ राजदूत तुलित बल धामा। अंजनिपुत्र पवन सुत नामा ॥

दुर्गा सप्तशती पाठ– राति सुत्नु अघि दुर्गा सप्तशतीलाई सिरानी मुनि राखेर सुत्दा चिन्ता र तनावबाट मुक्ति भइने विश्वास गरिएको छ ।

मुला- हरेक बेलुका सुत्नु अघि सिरानी मुनी राखेर सुत्ने र बिहान उठेर शिव लिङ्गमा अर्पण गर्दा शुभ फल प्राप्त हुने विश्वास गरिएको छ ।

फलामको उपकरण- सुत्ने बेला सिरानमुनि फलामको कुनै चिज राख्नाले भूत–प्रेत, ऐटन हुने समस्या बाट छुटकारा पाउन सकिन्छ । शास्त्रका अनुसार सिरानमुनि फलामको कुनै चिज राखेर सुत्दा तपाईँको नजिक नकारात्मक ऊर्जा आउनबाट रोक्छ । बालबालिका सुत्ने बेला सिरानी मुनि सानो कैँची वा चक्कु राख्ने चलन पनि छ ।

फूल- सुत्ने बेला सिरानी मुनी भगवान्लाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र बिहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार १५:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।